मेची अभियानद्वारा बाढी पिडित शेर्माकाे घर शिलान्यास - Purba Pati

मेची अभियानद्वारा बाढी पिडित शेर्माकाे घर शिलान्यास

झापा , ५ भदौ ।  झापाको कनकाई नदीमा आएको बाढीबाट विस्थापित एकल महिला तारा शेर्माको घरको  शिलान्यास गरिएको छ ।

शुक्रबार एक कार्यक्रमकावीच शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल, मेची अभियानका संयोजक विजय डालमियाले संयुक्तरुपमा ताराको घरको शिलान्यास गरेका हुन् ।

मेची अभियानले शेर्माका लागि शिवसताक्षी–११ बच्चाबरस्थित जनता आवास क्षेत्रमा टिनको छाना, ३ वटा कोठा र एउटा शौचालय सहितको एक तले पक्कि घर निर्माण गरिदिने भएको छ ।  उक्त क्षेत्रमा नगरपालिकाले जनता आवास कार्यक्रम अन्तरगत यसअघि १२ वटा घर समेत निर्माण गरिसकेको छ ।

कन्काई नदीमा आएको बाढीले गत असार २८ मा गते ताराको घर बगाएको  थियो । त्यसपछि घरबिहिन बनेकी ताराको लागि नगरपालिकाले उपलब्ध गराएको उक्त जग्गामा मेची अभियानले घर बनाइदिने भएको अभियानका संयोजक विजय डालमियाले बताए ।

गतबर्ष श्रीमानको मृत्यु भएको हाल २ छोरी ५ र ७ बर्षकी छोरी र २ बर्षका छोरासंग कन्काई नदीको किनारमा एक टहरोमा बस्दै आएकी शेर्मालाई यो तिहार अगाडी घर हस्तान्तरण गर्ने सोच रहेकाले सम्पूर्णलाई साथ दिन संयोजक डालमियाले आब्हान गरे ।

शिलान्यास कार्यक्रममा नगरप्रमुख शेर्मा, उपप्रमुख नेपाल, वडा नम्बर ११ का वडाध्यक्ष भैरव श्रेष्ठ, ६ नम्बर वडाका वडाध्यक्ष मनोज खुलाल, बाढी पीडित परिवार लगायत सञ्चारकर्मीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो

प्रतिक्रिया:

सम्बन्धित खवर