गाैरिगञ्जमा पहिलाे पटक समुदायस्तरमा काेराेना संक्रमण पुष्टि - Purba Pati

गाैरिगञ्जमा पहिलाे पटक समुदायस्तरमा काेराेना संक्रमण पुष्टि

झापा, ४ भदाै । झापाकाे गाैरीगञ्ज गाउँपालिकामा पहिलाे पटक समुदाय स्तरमा कोरोना संक्रमण फैलिएकाे पुष्टि भएकाे छ ।गाैरीगञ्ज गाउँपालिका वार्ड नं. ६ घर भएका ३० बर्षीय पुरूषमा काेराेना संक्रमण भएकाे स्वास्थ्य शाखा प्रमुख राम चन्द्र मिश्रले बताए ।

गाैरीगञ्ज गाउँपालिकाकाे समन्वय र उद्योग वाणिज्य संघ गाैरीगञ्जकाे आयाेजनामा दाेस्राे चरणमा ६१ जनाकाे स्वाब संकलन गरी पीसीआर परिक्षण गर्दा एक जना व्यापारीमा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमित व्यक्ति स्थानीय व्यापारी रहेका छन् । साउन ३२ गते आईतवार उद्योग वाणिज्य संघ गाैरीगञ्जले स्थानिय व्यापारी र ईच्छुक सर्वसाधारणकाे स्वाव संकलन गरि विराटनगरस्थित काेशी काेराेना अस्पतालमा परिक्षणका लागि पठाइएकाे थियाे ।

अहिले केहिबेरमा गाैरीगंज गाउँपालिकाकाे आपतकालिन वैठक बस्दै छ । उनकाे सम्पर्कमा आएकाहरूकाे कन्ट्रयाक ट्रेसिङ्ग गर्ने , गाैरीगंजकाे बजार क्षेत्र सिल गर्ने र गाैरीगंज क्षेत्र आवतजावतमा निषेध गरिने विषयमा निर्णय गरिने जनाईएकाे छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर