नेपालमा थप ३ जनालाई कोरोना संक्रमण, संख्या २ सय ४९ पुग्यो - Purba Pati

नेपालमा थप ३ जनालाई कोरोना संक्रमण, संख्या २ सय ४९ पुग्यो

पूर्व पाटी व्यूरो, १ जेठ ।


बिहीबार बेलुकी थप तीन जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार राति ८ः३० बजे जारी गरेको सूचनामा थप तीन जानमा कोरोना पुष्टि भएको जनाइएको छ ।
काठमाडौं दहचोकका सात वर्षीय बालक, धनुषा जनकपुरकी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया युवती पछिल्ला कोरोना संक्रमित रहेको मन्त्रालयको भनाइ छ । संक्रमित भएका मध्ये ३६ जना भने निको भएर घर फर्किएका छन् ।

कुन जिल्लामा कति संक्रमित ?

नेपालमा सबै भदा बढी संक्रमित पर्सा जिल्लामा पाइएको छ । पर्सामा ८२ जनामा कोरानो संक्रमण पुष्टि भएकोमा ३ जना सफल उपचारपछि घर फकिएका छन् भने अन्यको उपचार भइरहेको छ । पर्सापछि रुपन्देहीमा ३९ जनामा कोरोना पुष्टि भएकोमा १ जना निको भएका छन् ।
त्यस्तै उदयपुरमा ३२ जना कोरोना संक्रमित पाइएकोमा १५ जना उपचारपछि निको भएर घर फर्किएका छन भने कपिलवस्तुमा ३१ जना कोरोना संक्रमितहरुको उपचार चलिरहेको छ ।
त्यस्तै बाँकेका २५ जना संक्रमितहरु उपचाररत छन् भने काठमाडौंका ८ जना संक्रमित मध्ये ५ जना उपचारपछि घर फर्किएका छन् भने अन्यको उपचार भइरहेको छ ।
धनुषा र कैलालीमा ४–४ जना संक्रमित रहेकामा कैलालीका सबै संक्रमित निको भइसहेका छन् । बारा र रौतहटमा ३–३ जना संक्रमित रहेकामा रौतहटका १ जना निको भएर घर फर्किसकेका छन् । बाग्लुङ र चितवनका २–२ जना कोरोना संक्रमित भएमाका चारै जना उपचारपछि निको भएका छन् । झापाका २ जना संक्रमित मध्ये १ जना निको भएर फर्किएका छन् । महोत्तरी र भक्तपुरमा २–२ जना संक्रमित छन् । धादिङ, बर्दिया, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), सप्तरी, सर्लाही, भोजपुर , कञ्चनपुरमा १–१ संक्रमित रहेकामा कञ्चनपुर र भोजपुरका संक्रमित निको भइसकेका छन् । अन्यको उपचार जारी छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर