ज्ञानेन्द्र–कोमलको सवारी पास रद्द ! - Purba Pati

ज्ञानेन्द्र–कोमलको सवारी पास रद्द !

पूर्व पाटी व्यूरो, १ जेठ ।


सरकारले बिहीबार ज्ञानेन्द्र शाह र कोमल शाहको सवारी पास रद्द गरेको छ ।
उनीहरुले बिहीबार झापाबाट काठमाडौं जानका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट सवारी पास पाएका थिए । तर, सो पास तत्कालै रद्द भएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
नेपालमा लकडाउन सुरु हुनुअघि नै शाह दम्पती गत चैत २ गतेदेखि झापाको दमकस्थित निवासमा बस्दै आएका थिए । लकडाउनका कारण यतै अल्झिएका उनीहरुले काठमाडौं फर्कन पास मागेकामा थिए । तर जारी पास गृहमन्त्रालयको ठाडो आदेशमा रद्द भएको हो । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पास रद्द भएको पुष्टि गरे ।
शाह दम्पती पूर्व राजा–रानी हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर