नेपालमा कोरोना संक्रमित संख्या २ सय ४५ ! - Purba Pati

नेपालमा कोरोना संक्रमित संख्या २ सय ४५ !

पूर्व पाटी व्यूरो, १ जेठ ।

नेपालमा थप ५ जना कोरोना स्रक्रमित थपिएसँगै स्रक्रमितको संख्या २ सय ४५ पुगेको छ ।
बिहीबार सर्लाहीमा एक, धनुषामा र महोत्तरीका दुई–दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको हो । यसअघि मन्त्रालयले दिएको जानकारीमा संक्रमित संख्या २ सय ५० पुगेको बताएको थियो । मन्त्रालयले रिपोटिङका क्रममा त्रुटिवस् यस्तो हुन गएको जनाएको छ ।
थपिएका पाँच जना नयाँ संक्रमित मध्ये चार जना पुरुष र एक जना महिला छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा उनहरुको उनीहरुको स्वाब परीक्षण गरिएको थियो ।
बिहीबार बिहान नै कपिलवस्तु र काठमाडौंका अन्य दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालमा कोरोना संक्रमित मध्ये ३५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । संक्रमित कसैको मृत्यु भएको छैन ।

मृतक संख्या ३ लाख पुग्नै लाग्यो

पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वभर ४४ लाख २९ हजार २ सय ३५ जना मानिसमा कोरोना संक्रमण भएको र तिनीहरुमध्ये २ लाख ९८ हजार १ सय ६५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको खबर छ ।
त्यस्तै विश्वभर १६ लाख ५८ हजार ९ सय ९५ जना कोरोना संक्रमित मानिसहरु भने निको भएका छन् ।
अमेरिकामा मात्रै १४ लाख ३० हजार बढी मानिस संक्रमित छन् भने त्यहाँको मर्नेहरुको संख्या पनि ८५ हजार नाघेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर