नेकपा बैठकमा ओलीको उरन्ठ्यौलो प्रस्ताव ! - Purba Pati

नेकपा बैठकमा ओलीको उरन्ठ्यौलो प्रस्ताव !

काठमाडौं, १७ बैशाख ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा मा सांसद नै नरहेका नेता बामदेव गौतमलाई प्रधानमन्त्री बनाउनुपर्ने उरन्ठ्यौलो प्रस्ताव गरेका छन् ।

बुधबार रातिसम्म बसेको नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधामन्त्री एवम् दुई मध्येका एक अध्यक्ष ओलीले यस्तो असंवैधानिक प्रस्ताव राखेका थिए ।
उनले कोरोना भाइरसको महामारी सकिएपछि नेकपा उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव मात्रै गरेनन् दुई अध्यक्षको वैधानिक व्यवस्था रहेको नेकपामा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत अध्यक्ष थपेर तीन अध्यक्षीय पार्टी बनाउने हाँस्यास्पद् प्रस्ताव समेत राख्न भ्याए ।
ओलीले सत्ताको दुरुपयोग गरेर एकलौटी दल विभाजन सम्बन्धी र संवैधानिक परिषद्को बैठक सम्बन्धमा बनेका ऐन संशोधनको अध्यादेश ल्याउने र खारेज गर्ने काम गरेपछि पार्टीभित्र चरम विवाद उत्पन्न भएको बेला बसेको नेकपा सचिवालय बैठकमा ओलीका यस्ता असंवैधानिक र पार्टी विधान विपरितका प्रस्ताव आएका हुन् ।
ओलीको प्रस्ताव सुनेर बालुवाटारमा बैठकमा सहभागी हुन पुगेका नेता गण ट्वाँ परेको बताइएको छ ।
बैठकबारे जानकारी दिँदै नेकपा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र विद्यमान विवादका बारे छलफल भएको तर ठोस निर्णय नभएको बताएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर