जनता समाजवादी पार्टी दर्ता ! ओलीकाे पार्टी फुटाउने याेजना असफल - Purba Pati

जनता समाजवादी पार्टी दर्ता ! ओलीकाे पार्टी फुटाउने याेजना असफल

काठमाडौं, ११ बैशाख । आज बैशाख ११ गते अर्थात लोकतन्त्र दिवस । आज नै समाजवादी पार्टी र राष्टृय जनता पार्टीबीच एकता भै निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता सम्पन्न भएकाे छ । पार्टी बिहान ११ः १६ बजेकाे समयमा दर्ता नं. १३८८ नम्बरमा दर्ता भएकाे हाे ।

नवगठित जनता समाजवादी पार्टीका शीर्ष नेताबीच बुधबार राति पार्टी एकताको सहमति-पत्रमा हस्ताक्षर भएको हो । सोही सहमतिका आधारमा आज बिहीबार नेताहरु निर्वाचन आयोगको कार्यालयमा पुगेका हुन् । उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, शरदसिंह भण्डारी लगायत नेताहरु दल दर्ता प्रकृयाका निम्ति आयोगको कार्यालयमा पुगेका छन् ।

समाचार स्रोतका अनुसार आयोगमा दल दर्ताको प्रकृय सुरु भएको छ । पार्टी फुटाउने ओलीको सपना अधुरो ! यसैबीच समाजवादी पार्टी फुटाउने प्रधानमन्त्री केपी ओलीको योजना असफल भएको बताइएको छ ।

ओलीले उपप्रधानमन्त्री सहित दुई मन्त्री, एक राज्यमन्त्री र उपसभामुख दिने र नया पार्टी सन्चालनको निम्ति १०० करोड दिने प्रस्ताव सहित समाजवादी पार्टी उपाध्यक्ष रेणु यादव र सचिव मोहम्मद इस्तियाक राईनलगायतलाई पार्टी फुटाउन उक्साए पनि उनको योजना असफल भएको बताइएको छ ।

रेणु यादव अध्यक्ष, इस्तियाक महासचिव र संसदीय दलको नेता रहनेगरी ओलीले नयाँ पार्टी दर्ताको निम्ति काम थालेका थिए । बुधबार ओलीकै इशारामा अपहरण शैलीमा समाजवादी सांसद् डा. सुरेन्द्र यादवलाई काठमाडौं ल्याइएको थियो । तर, बिहीबार बिहान यादव ओली ट्र्यापबाट मुक्त भएर पार्टीको सम्पर्कमा आएको समाजवादीका वरिष्ठ नेता अशोक राईले सन्चार माध्यमहरुलाई जानकारी दिएका छन् ।

त्यस्तै रेनु यादवतर्फ गन्ती गरिएकी समानुपातिक सांसद रेनुका गुरुङले सामाजिक सन्जालमार्फत आफूविरुद्ध गलत प्रचार भएको भन्दै खण्डन गरेकी छन् । उनले पार्टी एकता र जनता समाजवादी पार्टी गठनको शुभकामना दिएकी छन् ।

रेनु समूहमा गन्ती गरिएका पर्साका निर्वाचित सांसद प्रदिप यादव पनि पार्टी नफुटाउने अडानमा रहेका कारण ओली डिजाइन असफल बन्दै गएको दर्ता प्रकृयामा रहेको जनता समाजवादी पार्टीका नेताहरुले टिप्पणी गरेका छन् ।

ओलीलेले आफ्ना पृयपात्र मध्येका महेस बस्नेतलाई समाजवादी फुटाउ मिसनको नाइके बनाएका थिए । बस्नेतले काम नकाटेपछि ओली जिल्लिएका बताइएको छ । निर्वाचन आयोगको कार्यालय परिसरबाट मिडियालाई प्रतिकृया दिँदै नेता राजेन्द्र महतोले राजपा र समाजवादी पार्टी फुटाउन ओलीले ल्याएको अध्यादेशको अस्त्र उनैलाई भारी पर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर