लकडाउन खुकुलो पार्ने योजना बुन्दै सरकार - Purba Pati

लकडाउन खुकुलो पार्ने योजना बुन्दै सरकार

काठमाडौं, ७ बैशाख ।


मुलुकमा जारी लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै लैजाने बारे सरकारले तयारी थालेको छ ।
अर्थमन्त्री एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री डा.युवराज खतिवडाले सरकार लकडाउन खुकुलो पार्दै जाने योजनाका साथ गृहकार्य गरिरहेको जानकारी दिएका हुन् । सरकारले निश्चित भौगोलिक सीमा वा व्यवसायिक गतिविधिलाई खुकुलो बनाउँदै लैजाने गरी गृहकार्य थालेको मन्त्री खतिवडाको भनाइ छ ।
आइतबार नेपाल चेम्बर अफ कर्मशका प्रतिनिधिहरुसँगको भेटमा लकडाउन खुकुलो बनाउने बताउँदै खतिवडाले अन्तर्राष्ट्रिय आवागमन भने तत्कालै नखोल्ने सरकारी तयारी रहेको स्पष्ट पारेका हुन् ।
सरकारी कोषको स्थिति सहज नभएको औंल्याउँदै उनले चेम्बरका प्रतिनिधिहरुसँग सरकारी कोषको रकम परिचालन गर्न नसकिने बताएका थिए । उद्योगी व्यवसायीलाई कर, बैंकिङ सुविधा वा श्रम बजारको माध्यमबाट सहयोग गर्ने सरकारी प्रतिबद्धता भने अतिवडाले दोहोर्याएका थिए ।
सरकारले कोरोना प्रभावको विषयमा अध्ययन गरिरहेको भन्दै निजी क्षेत्रसँगको सहकार्यमा पनि अध्ययन गर्न तयार रहेको जिकिर गरे ।

प्रतिक्रिया:

सम्बन्धित खवर