राजनीतिक दलका कार्यकर्ताहरु बारे समाजवादी नेता नहेन्द्र प्रधानको टिप्पणी - Purba Pati

राजनीतिक दलका कार्यकर्ताहरु बारे समाजवादी नेता नहेन्द्र प्रधानको टिप्पणी

नेपालका राजनितिक पार्टीहरुमा तीन किसिमका कार्यकर्ताहरु हुन्छन् ।

१. nursery rhymes गाउनेहरु । papa mama papa mama I love you, I love you, see the baby dancing just for you, नेतालाई खुसी पार्न र नेताले भने जस्तो बस्ने र नाच्ने । नेताहरू यिनीहरु लाइ यसरी च्याप्छन् कि च्याप्दा च्याप्दा आफ्नो हात paralysis भएको थाहा हुँदैन । अरु कार्यकर्ताले पार्टी छोडेर गएको पनि थाहा हुँदैन ।

२. अर्को किसिमको कार्यकर्ता लाइ सुत्ने बेलामा कथा भनेर सुताउनु पर्ने जस्तो । जहिले पनि प्रशिक्षण भनेको छ दौडेको छ । प्रशिक्षण मा १० वर्ष त्यहि कुरा हुन्छ । नेताहरु पनि त्येहि कथा भन्न रुचाउँछन् ।

३. अलिकति बुझेका र आफूलाई म पनि छु है भन्ने खालका । सुत्ने बेलामा दन्त्यकथा सुन्नु नपर्ने र नर्सरी राइममा नाच्न मन नपराउने । यी तेस्रो समूहलाई नेताहरूले जहिलेपनि टाढा राख्न रुचाउँछन् । हामीकहाँ कार्यकर्ताहरुलाई जिम्मेवारी दिएर नेतृत्व विकास गर्ने परिपाटी नै छैन । जहिले पनि उहि नेताहरू नेतृत्वमा । सक्षम कार्यकर्तालाई पाखा लगाउने र नर्सरी राइममा नाच्ने कार्यकर्तालाई प्रोत्साहन गर्ने, जसको नेतृत्व गर्ने क्षमता हुदैन ।

पार्टीमा गुटबन्दी हुनाको मुख्य कारण र नेपालका राजनीतिक दलहरू खुलेर प्रतिस्पर्धामा जान नसक्नुको कारण पनि यिनै हुन् । पार्टी दर्ता गर्दा र जनताको माझमा विचारको कुरा गर्ने, अरु बेला आफनै दुनो सोझो गर्ने हाम्रो परम्परा छ । यहि कारणले गर्दा, नेपालको राजनीतिक अबस्थालाई जहिले पनि संक्रमणकालीन अवस्थामा नै राखे । यसलाई राम्रैसित चिरफार गरेर अगाडि बढन सक्नु पर्छ । अहिले हामी कोरोनाको महासंक्रमणमा छौं । २०७७ मा नेपालमा मात्र होइन, विश्वमा नै राजनीतिक उथलपुथल भनौं वा परिवर्तन हुने धेरै सम्भावना छ । यतिबेला हामीले आफूलाई संयमित राख्दै नेपालको भौगोलिक र सामाजिक अवस्थालाई सुहाउँदो राजनीतिक परिपाटी स्थापित गर्नु छ । यसैमा हामी समर्पित होऔं । जय मातृभूमि ।

प्रधान समाजवादी पार्टी केन्द्रीय सदस्य तथा बौद्धिक पेशाकर्मी महासंघका इन्चार्ज हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर