अफगानिस्तानबाट राष्ट्र संघमा कार्यतर नेपाली फिर्ता ल्याइने - Purba Pati

अफगानिस्तानबाट राष्ट्र संघमा कार्यतर नेपाली फिर्ता ल्याइने

पूर्व पाटी व्यूरो, ३ बैशाख ।


अफगानिस्तानमा रहेर संयुक्त राष्ट्रसंघमा कार्यरत नेपालीहरुलाई सरकारले उद्धार गर्ने भएको छ ।
कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले उनीहरुलाई उद्दार गरेर स्वदेश ल्याउने निर्णय गरेको हो ।
उच्चस्तरीय समितिका सदस्य सचिव एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले दिएको जानकारी अनुसार संयुक्त राष्ट्र संघले नै उद्दार गर्न अनुरोध गरेको हुनाले उनीहरुलाई उपयुक्त प्रक्रिया पूरा गरि नेपाल ल्याउने निर्णय भएको हो ।
राष्ट्र संघ अन्तर्गत त्यहाँ ६० देखि ६२ नेपाली नागरिक कार्यरत रहेको बताइएको छ ।
यस्तै बुधबारको बैठकले आन्तरिक हवाई उडानमा पनि आगामी बैशाख १८ गतेसम्मका लागि प्रतिवन्ध तोक्ने निर्णय भएको सचिव विडारीले बताए । मन्त्रिपरिषद्ले यसअघि मंगलबार विदेशबाट हुने हवाई उडानमा बैशाख १८ गतेसम्मलाई प्रतिबन्ध लगाइसकेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर