दमक, ६ चैत्र ।
गायक लेखु मुखिया (भोटे)को ‘ खुशी लुटिएरै पनि बाच्दैछु’ गीतकाे म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । निर्देशक हिकस राईको निर्देशनमा बनेको म्यूजिक भिडियोमा कलाकारहरु बियल राई, आशा लेप्चा र गौरव राईको अभिनय हेर्न सकिन्छ ।
छायाङ्कन तथा सम्पादन निर्देशक आफैले गरेका छन् । गीतकार सुकुमार बराइलीको शब्द रचना तथा बिष्णु अधिकारीको संगीत संयोजन रहेको सो गीत ओकल रेकर्डिङ स्टुडियो, अनामनगर काठमाडौंमा रेकर्ड गरिएको हो ।
इलामको फिक्कलमा छायाङ्कन गरिएको सो म्यूजिक भिडियो केटाले प्रेममा धोका पाएको कथामा आधारित रुहेको छ । प्रेममा धोका खाएर पनि जीवन संघर्षबाट विमुख हुनु हुदैन भन्ने सन्देश दिन खोजिएको छ ।
खुशी लुटिएरै पनि बाँच्दैछु भत्किएको मन फेरी जोड्दैछु । निर्देशक हिकस राईले इलामबाट संचालन गर्दै आएको युटुव च्यानल (एचकेआर प्रिजेन्ट) HKR present मा सार्वजनिक गरिएको छ ।