काेराेना भाइसरका कारण भाेलि देखि हुने भनिएकाे एसइइ परिक्षा स्थगित - Purba Pati

काेराेना भाइसरका कारण भाेलि देखि हुने भनिएकाे एसइइ परिक्षा स्थगित

काठमाण्डाै । 

मित्र राष्ट्र चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिनुभएको हो ।

कोरोनाबारे निर्णय गर्न सरकारले उपप्राधानमन्त्री पोखरेलको नेतृत्वमा समन्वय समिति बनाएको छ । यो समितिको बुधबार दिउँसो बसेको बैठकले एसईई परीक्षा स्थगित नगर्ने तर परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क स्थापना गरेर सुरक्षित र व्यवस्थित गर्ने निर्णय गरेको थियो ।

तर लगतै बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखे । त्यही आधारमा उपप्रधानमन्त्री पोखरेलले दिउँसो बसेको समन्वय समितिकै निर्णय हुने गरी परीक्षा स्थगितको घोषणा गरेका हुन् ।

यसअघि एसईई परीक्षा मिति चैत्र ६ गते बाट सुरुहुने भनी मिति तय गरिएको थियो ।  स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन ।

प्रतिक्रिया:

सम्बन्धित खवर